‘हल्कारा’ वैशाख २९ मा आउने

हिमाल प्रेस २९ माघ २०७९ १५:३३ | Sunday, February 12, 2023
‘हल्कारा’ वैशाख २९ मा आउने

काठमाडौँ- फिल्म ‘हल्कारा’ आगामी वैशाख २९ मा प्रदर्शनमा आउनेछ। निर्माण पक्षले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको छ।

फिल्ममा महेश त्रिपाठी र विनिता थापामगर मुख्य भूमिका रहेका छन्। लेखन र निर्देशन विक्रम सापकोटाको रहेको छ। अमेरिकामा बसोबास गर्दै आएका सापकोटा निर्देशित फिल्ममा गाउँमा चिठी पु¥याउने हल्काराको कथा छ।

अमेरिकाका विभिन्न फेस्टिभलमा ‘हल्कारा’ पुरस्कृत भइसकेको छ। अमेरिकाको ‘वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ मा उत्कृष्ट फिल्म घोषित भएको थियो। त्यस्तै महेश त्रिपाठीले फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

फिल्ममा महेश र विनिताबाहेक उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २९ माघ २०७९ १५:३३ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast