सुर्खेत बसपार्क समितिका युवाद्वारा पत्रकारमाथि हातपात

हिमाल प्रेस १ फागुन २०७९ १५:०६ | Monday, February 13, 2023
सुर्खेत बसपार्क समितिका युवाद्वारा पत्रकारमाथि हातपात

सुर्खेत- सुर्खेत बसपार्क समितिका युवाहरूले पत्रकारमाथि हातपात गरेका छन्। समाचार संकलनका लागि बसपार्क पुगेका पत्रकार बलबहादुर थापालाई समितिका युवाहरूले कुटपिट गरेका हुन्। कुटाइ खाने पत्रकार थापा लाइकाखबर डटकमका सञ्चालक हुन्।

आइतबार दिउँसो सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरू आन्दोलन गरेका थिए। आइतबार रातीदेखि भएको आन्दोनका सोमबार बिहानदेखि पुनः मृतकका आफन्त र बसपार्क समितिबीच विवाद भएको थियो।

त्यही क्रममा प्रहरीसँगै पत्रकार थापा समाचार संकलनका लागि बसपार्क पुगेका थिए। आफन्तहरूले गरेको आन्दोलनको भिडियो खिच्दै गरेका पत्रकारहरूलाई बसपार्क समितिका केही युवाले भिडियो किन खिचेको भन्दै धम्काएर हातपात गरेका थिए।
समितिका केही युवाले हातपात गर्दै कोकाकोलाको बोत्तलले टाउकोमा प्रहार गरेका थिए।

प्रहारपछि थापाको टाउकोमा चोट लागेको छ। माया नर्सिङ होममा उपचार भइरहेको छ।

प्रकाशित: १ फागुन २०७९ १५:०६ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast