सुर्खेत आन्दोलन : आफन्त र प्रहरीबीच झडप, ४ राउन्ड अश्रु ग्यास प्रहार

हिमाल प्रेस १ फागुन २०७९ १६:१७ | Monday, February 13, 2023
सुर्खेत आन्दोलन : आफन्त र प्रहरीबीच झडप, ४ राउन्ड अश्रु ग्यास प्रहार फाइल तस्बिर।

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन उग्र भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा प्रहरीले ४ राउन्ड अश्रु ग्यास प्रहार गरेको हो।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रुप लिँदै गएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा रहेका छन्।

प्रकाशित: १ फागुन २०७९ १६:१७ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast