सालको गोलियासहित ट्याक्टर बरामद

हिमाल प्रेस १ फागुन २०७९ ८:५४ | Monday, February 13, 2023

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका ४ मा रहेको जनकपुर गाउँबाट आज दिउँसो ९ थान सालको गोलिया ६१।३४ क्युफिट काठसहित ट्याक्टर बरामद गरिएको छ।

सब डिभिजन वन कार्यालय सुखडबाट गएको गस्ती टोलीले विशेष सुराकीको आधारमा ट्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ढुंगामा लुकाएर ल्याउँदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामद गरेको छ।

गस्ती टोलीले विशेष सुराकी आधारमा से१त ५०७५ नम्बरको ट्रयाक्टर सब डिभिजन वन कार्यालय सुखडका प्रमुख सोमलाल घलानले जानकारी दिए।

सामुदायिक बनका पदाधिकारीहरूले पिछा गरेपछि मान्छे समातिने डरले ट्याक्टर छोडेर भागेको हुन सक्ने समूहका सदस्य रामबहादुर चौधरीले बताए।

बरामद गरिएको काठ कसको र कहाँ लगिँदै थियो घटनाको अनुसन्धान गरी कानुनी पक्रियामा आइतबार लैजाने भन्दै सो बरामद गरिएको काठ र ट्याक्टर सब डिभिजन बन कार्यालय सुखडमा राखिएको छ।

 

प्रकाशित: १ फागुन २०७९ ८:५४ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast