सामूहिक जमानीको कर्जा सीमा सात लाख पुर्‍याइयो

हिमाल प्रेस ३ फागुन २०७९ १६:०२ | Wednesday, February 15, 2023
सामूहिक जमानीको कर्जा सीमा सात लाख पुर्‍याइयो राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सामूहिक जमानीमा दिइने कर्जाको सीमा बढाएको छ। सम्बन्धन प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले कर्जा उपभोग गरिरहेका असल ऋणीले सात लाखसम्म कर्जा लिन सक्ने बताएको हो।

यसअघि विपन्न तथा न्यून आय भएका व्यक्तिले लघुउद्यम वा व्यवसाय सञ्चालनका लागि सामूहिक जमानीमा पाँच लाखसम्म कर्जा लिन पाउँथे। यस्तो कर्जा उपभोग गरिरहेको दुई वर्ष भएको र असल ऋणीको सूचीमा रहेकाले अब थप दुई लाख कर्जा पाउने भएका छन्।

त्यसैगरी नवीकरणीय ऊर्जा, सौर्य चुलो, बायो ग्यास, सुधारिएको चुलोका लागि पनि उपभोग गरिरहेकाहरूले थप एक लाख ऋण लिन सक्ने भएका छन्। यसअघि यस्तो प्रयोजनको लागि विपन्न वर्गले सहुलियत दरमा दुई लाखसम्म लिन पाउँथे।

राष्ट्र बैंकले ऊन उत्पादनको प्रयोजनार्थ गरिने भेडापालन व्यवसायलाई पनि विना धितो दिइने कर्जाको सीमा एक लाखले बढाएको छ। यसअघि वित्त संस्थाहरूले सामूहिक जमानीमा तीन लाखसम्म दिन्थे।

प्रकाशित: ३ फागुन २०७९ १६:०२ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast