सामसङ ग्यालेक्सी एस-२३ बजारमा, मूल्य २ लाख १० हजार

हिमाल प्रेस २९ माघ २०७९ ११:२३ | Sunday, February 12, 2023
सामसङ ग्यालेक्सी एस-२३ बजारमा, मूल्य २ लाख १० हजार

काठमाडौँ- सामसङले एस-२३ सार्वजनिक गरेको छ। ग्यालेक्सी एस-२३ सिरिजका ग्यालेक्सी एस-२३, ग्यालेक्सी एस-२३ प्लस र ग्यालेक्सी एस-२३ अल्ट्रा नेपाली बजारमा सार्वजनिक गरिएको हो। यो सिरिजको मोबाइल क्यामेरामा ट्रान्सफरमेटिभ एआईको प्रयोग गरिएको छ।

ग्यालेक्सी एस-२३ अल्ट्रामा परिमार्जन गरिएको २०० मिलियन पिक्सल सेन्सर छ। यो सिरिजका सबै मोबाइलमा अटो फोकस सुपर एचडीआर सेल्फी क्यामरा राखिएको छ।
ग्यालेक्सी एस-२३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाउँछ।

ग्यालेक्सी एस–२३ सिरिजका सबै मोबाइलमा शक्तिशाली चिपसेट जडान गरिएको छ। यो सिरिजको डिस्प्ले आँखालाई असर नपर्ने गरी डिजाइन गरिएको छ। ग्यालेक्सी एस-२३ अल्ट्रामा ५००० एमएएच ब्याट्री छ।

एस-२३ सिरिजअन्तर्गतका विभिन्न मोडलको मूल्य १ लाख २७ हजारदेखि २ लाख ९ हजार ९९९ सम्म तोकिएको छ।

प्रकाशित: २९ माघ २०७९ ११:२३ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast