‘सामसङ ग्यालेक्सी एस२३’ सिरिजकाे बिक्री सुरु

हिमाल प्रेस १४ फागुन २०७९ १७:०७ | Sunday, February 26, 2023
‘सामसङ ग्यालेक्सी एस२३’ सिरिजकाे बिक्री सुरु

काठमाडौँ- ‘सामसङ ग्यालेक्सी एस२३’ सिरिजकाे बिक्री सुरु गरिएको छ। उत्पादक कम्पनी सामसङले आफ्ना उत्पादनमा उत्कृष्ट दाबी गरेको ‘सामसङ ग्यालेक्सी एस२३’को आइतबारदेखि बिक्री सुरु गरेको हो। उक्त स्मार्टफोनका लागि अत्यधिक आएको दाबी गर्दै कम्पनीले प्रि–अर्डरको चापलाई मध्यनजर गर्दै उक्त स्मार्टफोन बजारमा उपलब्ध गराएको बताएको छ।

कम्पनीले गतवर्ष सार्वजनिक गरेको ‘ग्यालेक्सी एस२२’ सिरिजकोे भन्दाबढी प्रि–अर्डर एस२३को आएको दाबी गरेको छ। ‘८५ प्रतिशतभन्दा बढी प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उललेख छ।

सामसङ कम्पनीका नेपाल निर्देशक प्रणयरत्न स्थापितले ग्राहकहरूले एस२३ सिरिजमा अविश्वसनीय प्रतिक्रिया देखाएको दाबी गर्दै ग्राहकको प्रतिक्रियाप्रति आभारी रहेको बताए। ‘यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकले देखाउनुभएको बलियो विश्वास झल्किएको छ’ उनले भने।

प्रकाशित: १४ फागुन २०७९ १७:०७ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast