सात महिनामा ६ अर्बको आलु भित्रियो

हिमाल प्रेस १० फागुन २०७९ १७:१० | Wednesday, February 22, 2023
सात महिनामा ६ अर्बको आलु भित्रियो

काठमाडौँ- पछिल्लो सात महिनामा नेपालमा झन्डै छ अर्बको आलु आयात गरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको आलु आयात गरेको छ।

सबैभन्दा बढी भारतबाट ५ अर्ब ६० करोड रुपैयाँ बराबरको आलु आयात गरिएको छ भने त्यसपछि बंगलादेश, संयुक्त राज्य अमेरिका, इन्डोनेसियालगायतका मुलुकबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

बिउको आलु ९ लाख ७८ हजार रुपैयाँ बराबरको आयात भएको छ। आलुजन्य खाद्य सामग्री २३ करोड रुपैयाँ बराबरको आयात भएको छ। यसमा फ्रेन्च फ्राई र फ्रोजन आलु छन्।

नेपालमा वार्षिक ३० लाख टनभन्दा बढी आलु उत्पादन हुँदै आएको छ। कृषि मन्त्रालयको २०७७/२०७८ को तथ्यांकअनुसार उक्त वर्ष नेपालमा ३३ लाख २५ हजार टन आलु उत्पादन भएको थियो। यस्तै त्योभन्दा अघिल्लो आवमा ३१ लाख ३१ हजार टन आलु उत्पादन भएको थियो।

कृषि मन्त्रालयका अनुसार ९० प्रतिशत आलुको माग नेपालकै उत्पादनले धानेको छ। सरकारले आलुमा आत्मनिर्भर हुने लक्ष्य भने पूरा गर्न सकेको छैन। नेपाली उत्पादनले नधानेकाले भारतलगायत मुलुकबाट आयात हुने गरेको हो।

प्रकाशित: १० फागुन २०७९ १७:१० | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast