साउदीमा जेलजीवन बिताइरहेका कार्कीलाई नेपाल फर्काउन प्रधानमन्त्रीसमक्ष माग

हिमाल प्रेस ९ फागुन २०७९ ११:०३ | Tuesday, February 21, 2023
साउदीमा जेलजीवन बिताइरहेका कार्कीलाई नेपाल फर्काउन प्रधानमन्त्रीसमक्ष माग

काठमाडौँ- साउदी कारागारमा बन्दी जीवन बिताइरहेका दिनेश कार्कीलाई नेपाल फर्काउन पहल सुरु गरिदिन माग गरेको छ।

दुई वर्षदेखि जेलमा रहेका उनलाई तत्काल नेपाल फर्काउन परिवारले पहल सुरु गरेको हो। कार्कीलाई फर्काउने पहल गरिदिन परिवारका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष समेत माग गरेका छन्।

परिवारका सदस्यले मंगलबार बिहान बालुवाटार पुगेरै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो। धनकुटाको चौबीसे गाउँपालिका वडा नं ४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा छन्। उनका बुवा गणेशबहादुर कार्कीले सोही कुरा प्रधानमन्त्री समक्ष बताएका थिए।

कार्कीको ध्यानाकर्षणपछि प्रचण्डले तत्काल रिहाका लागि पहल गर्ने बताएका थिए। सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका थिए।

प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ।’

प्रकाशित: ९ फागुन २०७९ ११:०३ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast