सांसद अरुण चौधरी आज जेलमुक्त हुँदै

हिमाल प्रेस ७ फागुन २०७९ ९:४४ | Sunday, February 19, 2023
सांसद अरुण चौधरी आज जेलमुक्त हुँदै

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज (आइतबार) जेलमुक्त हुँदैछन्। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा छन्।

वर्तमान सरकारको सिफारिसमा उनी जेलमुक्त हुन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीसहित ३९५ जना कैदीको सजाय माफ गरिदिएकी छन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‍‍कैलाली-२ बाट निर्वाचित चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो।

२०६६ सालमा ट्र्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिबानासहितको फैसला गरेको थियो।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्र्याक्टरमा २०६६ भदौ ३ गते आगजनी भएको थियो।

प्रकाशित: ७ फागुन २०७९ ९:४४ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast