शुक्लाफाँटा निकुञ्‍जमा डढेलो नियन्त्रणसम्बन्धी तालिम

हिमाल प्रेस ६ फागुन २०७९ १६:५७ | Saturday, February 18, 2023
शुक्लाफाँटा निकुञ्‍जमा डढेलो नियन्त्रणसम्बन्धी तालिम

कञ्चनपुर– कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ३ निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गरिएको छ।

कञ्चनपुर राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा अग्रपंक्तिमा खटिने कर्मचारीका लागि ४ दिने तालिम सञ्चालन गरिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले ३ राष्ट्रिय निकुञ्ज र यहाँस्थित निकुञ्ज सुरक्षार्थ खटिएको रुद्रध्वज गणको सैनिक टोलीलाई तालिम प्रदान गरिएको जानकारी दिए।

कञ्चनपुरतालिममा ३५ जनाको सहभागिता रहेको र उक्त प्रशिक्षार्थी टोलीलाई निकुञ्जभित्रको फाँट डढेलो नियन्त्रणको अभ्यास समेत गराइँदैछ। यसअघि पनि विभिन्न सरोकारवाला निकायबाट यसप्रकारका तालिम गरिँदै आएका छन्। ‘३ निकुञ्जका कर्मचारीलाई ४ दिनको तालिम यहाँ पहिलो पटक गरिएको हो,’ उनले भने।

कञ्चनपुरतालिममा सैनिक टोलीसँगै निकुञ्जका सिनियर गेमस्काउटलगायत सहभागी छन्। गर्मीयाम सुरु भएसँगै यहाँका निकुञ्ज तथा सामुदायिक वनमा डढेलो लाग्ने समस्या हुने हुँदा त्यसको न्युनीकरण र व्यवस्थापनका लागि तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरेक गर्मीयाममा डढेलो लाग्ने गरेको छ।

प्रकाशित: ६ फागुन २०७९ १६:५७ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast