 
                             
                                            काठमाडौँ– आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच डिजिटल कारोबारको लागि सहकार्य भएको छ। यसअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ।
अबदेखि ललितपुर महानगरपालिकाका बासिन्दाले स्थानीय सरकारलाई तिर्नुपर्ने घर बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरू आइएमई पे एपबाट तिर्न सक्नेछन्।
                            प्रकाशित: २५ माघ  २०७९ १५:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 