लघुवित्त‍विरुद्ध प्रदर्शन

हिमाल प्रेस १६ फागुन २०७९ १५:४२ | Tuesday, February 28, 2023
लघुवित्त‍विरुद्ध प्रदर्शन

सुर्खेत- वीरेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालय परिसरमा लघुवित्तीय संस्थाहरूले व्याजदर वृद्धि गरेकाे भन्दै विरोध प्रदर्शन गरिएको छ। आज मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले प्रशासनमा र्‍यालीसहितको विरुद्धमा विरोध प्रदर्शन तथा धर्ना बसेका हुन्।

उनीहरू नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर, लघुवित्तीय संस्थाहरूद्वारा लगाएको सामुहिक ऋण मिनाहा गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको, व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका छन्।

सातै वटा प्रदेशमा लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम राखेको कर्णाली प्रदेशमा संयोजक रमेश सुनारले जनाकारी दिए। उनका अनुसार, ७७ वटै जिल्लाका प्रशासनमा अनसन बस्ने र धर्ना बस्ने कार्यक्रम भइरहेको छ।

‘शान्तिपूर्ण रूपमा आन्दोलन गरेका छौँ,’ सुनारले भने, ‘लघुवित्तले गरेको ज्यायजदी, महिला दिदीबहिनीमाथि गरेको आर्थिक शोषणविरुद्ध दशैभरि आन्दोलन गर्दै आएका छौँ।’

प्रकाशित: १६ फागुन २०७९ १५:४२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast