मकवानपुर– रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले शुक्रबार मकवानपुर, मनहरी– ८ सिम्पानीमा रहेको मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
सिमेन्ट उद्योगले ल्यापटप, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरलगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको हो। रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले विकट क्षेत्रका विपन्न विधार्थी लाभान्वित हुने गरी शैक्षिक सामग्री वितरण गरेको बताए।
प्रकाशित: १४ फागुन २०७९ १५:५८ | Sunday, February 26, 2023
प्रतिक्रिया





