राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग राख्दै सांसद चौधरीले दिए निवेदन

हिमाल प्रेस ११ फागुन २०७९ १३:३७ | Thursday, February 23, 2023
राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग राख्दै सांसद चौधरीले दिए निवेदन

काठमाडौँ- राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ।
ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए।

मतदाता नामावलीमा दाबी विरोधका लागि आज अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो। कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ।

यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपराह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेशशभा सदस्यले मतदान गर्न पाउने छन् । मतदान फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा हुने जनाइएको छ ।

प्रकाशित: ११ फागुन २०७९ १३:३७ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast