राष्ट्रपति कांग्रेसले लिने होइन जित्नैपर्ने हो : शेखर कोइराला

हिमाल प्रेस ९ फागुन २०७९ १२:१६ | Tuesday, February 21, 2023
राष्ट्रपति कांग्रेसले लिने होइन जित्नैपर्ने हो : शेखर कोइराला

सिन्धुली- नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन्।  प्रेस युनियन सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरे।पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो ।

नेता कोइरालाले भने, ‘राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रको प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस्।’

दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए।उनले भने, ‘एक वर्षमा हुनुपर्ने पार्टीका काम हुनसकेका छैनन्,संगठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ।’

लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो।

प्रकाशित: ९ फागुन २०७९ १२:१६ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast