राष्ट्रपतिमा सघाए प्रचण्ड पूर्ण कार्यकाल प्रधानमन्त्री : कांग्रेस

हिमाल प्रेस ५ फागुन २०७९ १३:४६ | Friday, February 17, 2023
राष्ट्रपतिमा सघाए प्रचण्ड पूर्ण कार्यकाल प्रधानमन्त्री : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई सघाए पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५ वर्ष नै प्रधानमन्त्रीमा समर्थन गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन जनाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री स्वीकार्न सकिने संकेत गरेका हुन्।

उनले संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्त्वपूर्ण भएको बताए। ‘अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुन्छ, संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ,’ उनले भने, ‘किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन।’

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको उल्लेख गरे।

प्रकाशित: ५ फागुन २०७९ १३:४६ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast