मुक्तिनाथ कृषि कम्पनीको वार्षिक सम्मेलन सम्पन्न

हिमाल प्रेस ४ फागुन २०७९ १६:०१ | Thursday, February 16, 2023
मुक्तिनाथ कृषि कम्पनीको वार्षिक सम्मेलन सम्पन्न

काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनीको वार्षिक सम्मेलन सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनीका रूपमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यावसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनमा गरेको हो।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका अध्यक्ष एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले आफ्ना साझेदार कम्पनीहरू कृषि उद्यमीसँग नजिक रहेर कृषिप्रविधि तथा सेवा विस्तारमा अहोरात्र खटिरहेका बताए। व्यावसायिक साझेदारहरूले कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृंखलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको ढकालले बताए।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यावसायिक साझेदार, कृषि कम्पनी र बैंकको त्रिपक्षीय साझेदारीमा कृषि क्षेत्रलाई उद्यमको रूपमा विकास गरिएको बताए। बैंक तथा वित्तीय संस्थाहरूको लगानी उत्पादनशील क्षेत्रभन्दा बाहिर भइरहेकाले अबको लगानी क्षेत्र कृषि हुनुपर्नेमा उनले जोड दिए।

कम्पनीले कृषि उपजको खरिद सुनिश्चित गरी गुणस्तरीय उत्पादन उपभोक्तामाझ पुर्याउने उद्देश्यले काम गरिरहेको कम्पनीका नायब महाप्रबन्धक रामशरण तिमल्सिनाले बताए।

प्रकाशित: ४ फागुन २०७९ १६:०१ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast