महिला उद्यमीका लागि नबिल बैंकको सहकार्य

हिमाल प्रेस ९ फागुन २०७९ १४:५० | Tuesday, February 21, 2023
महिला उद्यमीका लागि नबिल बैंकको सहकार्य

काठमाडौँ– महिला उद्यमीको प्रोत्साहन र वित्तीय पहुँचका लागि नबिल बैंकले महिला उद्यमी महासंघ (एफविन)सँग सहकार्य गरेको छ। साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनकी अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन्।

यो सहकार्यअन्तर्गत नबिल बैंकले शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ। एफविनमा आबद्ध महिला उद्यमीलाई नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागीसमेत गराउने छ।

पहिलो चरणमा एफविनले हरेक महिना एक पटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टल लगाउने छ। यी स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादन रहनेछन्। त्यस्तै महिला उद्यमशील कर्जामा पनि बैंकले सहजता प्रदान गर्नेछ।

प्रकाशित: ९ फागुन २०७९ १४:५० | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast