मन्त्रालयको संख्या घटाउन माग, प्रदेश १ को नाम सगरमाथा राख्न प्रस्ताव

हिमाल प्रेस ९ फागुन २०७९ २१:३४ | Tuesday, February 21, 2023
मन्त्रालयको संख्या घटाउन माग, प्रदेश १ को नाम सगरमाथा राख्न प्रस्ताव

विराटनगर- नेपाली कांग्रेसकी नेतृ एवं प्रदेशसभा सांसद डोल्मा तामाङले मन्त्रालयको संख्या घटाउन माग गरेकी छिन्। कांग्रेस संसदीय दलको तर्फबाट सोमबार प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै उनले प्रदेशले खर्च बढेको आरोप लागिरहेकाले मन्त्रालयको संख्या घटाएर खर्च न्यूनीकरण गर्न माग गरेकी हुन्। खर्च घटाएर भए पनि प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै उनले प्रदेश १ को नाम सगरमाथा राख्न पनि प्रस्ताव गरिन्। अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै उनले अब विलम्ब नगरी नामकरण गर्नुपर्ने बताइन्। ‘संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ’ उनले भनिन्, ‘सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं।’

प्रदेशको नाम सगरमाथा राखेमा सबैको शिर उँचो हुने उनले बताइन्। अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसकेकोप्रति उनले आश्चार्य प्रकट गरिन्। उनले नेपाली कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहने पनि बताइन् ।

प्रकाशित: ९ फागुन २०७९ २१:३४ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast