बैतडी : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

हिमाल प्रेस ९ फागुन २०७९ ९:५१ | Tuesday, February 21, 2023
बैतडी : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बैतडी- बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १२ गतेदेखि १४ गतेसम्म श्रीकृष्ण माविको खेलमैदानमा हुने भएको छ।

खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले प्रतियोगिताको मिति तय भएको जानकारी दिए।

यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र पाटन रहेकाले पाटनमै प्रतियोगिता सञ्चालन गर्ने निर्णयमा भएको जनाएको छ।

हाल जिल्लाका विभिन्न स्थानीय तहहरूमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा छन्। पालिकास्तरबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए।

स्थानीय तहहरूमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगातयका खेल खेलाइनेछन्।

विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: ९ फागुन २०७९ ९:५१ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast