‘फ्लायर्स फिल्म अवार्ड’ हुने

हिमाल प्रेस ४ फागुन २०७९ १३:०९ | Thursday, February 16, 2023
‘फ्लायर्स फिल्म अवार्ड’ हुने

काठमाडौँ– ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ हुने भएको छ। ओजस फिल्मस् एन्ड इन्टरटेन्मेन्टको आयोजनामा पहिलोपटक यो अवार्ड कार्यक्रम हुन लागेको हो। अवार्ड समारोह आगामी चैत २५ मा हुनेछ।

प्रदेश १को विराटनगरस्थित जैन भवनमा हुने कार्यक्रममा २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली फिल्म समेटिनेछन्।

उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, द्वन्द्व निर्देशक, कोरियोग्राफर, नवअभिनेता, नवअभिनेत्री, कथा, मुभी अफ द इयर, लाइफ टाइम अचिभमेन्टलगायत २३ विधामा अवार्ड प्रदान गरिनेछ।

कार्यक्रममा प्रदेश १ का सबै जातजातिको मौलिक संस्कृति, वेशभूषा, संस्कार र पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ४ फागुन २०७९ १३:०९ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast