फेरि सर्‍यो ‘परस्त्री’ को प्रदर्शन मिति

हिमाल प्रेस १४ फागुन २०७९ १५:२७ | Sunday, February 26, 2023
फेरि सर्‍यो ‘परस्त्री’ को प्रदर्शन मिति

काठमाडौँ- फिल्म ‘परस्त्री’को प्रदर्शन मिति तेस्रोपटक सरेको छ। फिल्म असार १५ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। सुरुमा फिल्म फागुन १९ मा रिलिज हुने भनिएको थियो। मिति सरेर चैत १२ मा पुग्यो।

फिल्मका लेखक दीपेन्द्रकुमार खनालले सामाजिक सञ्जालमा फिल्मको नयाँ पोस्टर सेयर गर्दै नयाँ मिति खुलाएका हुन्।

सुरज पाण्डेको निर्देशन रहको फिल्ममा कोशिश क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ।

प्रकाशित: १४ फागुन २०७९ १५:२७ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast