फागुन ७ देखि ‘चलचित्र महोत्सव’ हुने

हिमाल प्रेस ४ फागुन २०७९ १२:२० | Thursday, February 16, 2023
फागुन ७ देखि ‘चलचित्र महोत्सव’ हुने

काठमाडौँ- ‘प्रथम इनरुवा उत्सव चलचित्र महोत्सव’ हुने भएको छ। ‘नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १’ले महोत्सव गर्ने भएको हो। पहिलोपटक आयोजना भइरहेको महोत्सव फागुन ७ देखि सुरु हुनेछ।

प्रदेशको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा चलचित्र महोत्सव हुने महोत्सवमा नृत्य, निबन्ध, कुस्तीलगायत विभिन्न प्रतियोगिता आयोजना गरिनेछन्। साथै, महोत्सवमा दुई दर्जनभन्दा बढी फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ।

इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुने महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारको उपस्थिति रहनेछ। तिनले सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको भनाइ छ।

स्थानीय कला प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न विधामा प्रतिस्पर्धा आयोजना गरिनेछन्। त्यसमा उत्कृष्ट हुनेले ‘तारा सम्मान’ पाउने पनि आयोजकले खुलाएको छ।

प्रकाशित: ४ फागुन २०७९ १२:२० | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast