प्रियंका चोपडा अभिनीत हलिउड फिल्म ‘लभ अगेन’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ३ फागुन २०७९ १५:२२ | Wednesday, February 15, 2023

काठमाडौँ- भारतीय अभिनेत्री प्रियंका चोपडा मुख्य भूमिकामा रहेको हलिउड फिल्म ‘लभ अगेन’को ट्रेलर सार्वजनिक भएको छ। फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डेका अवसरमा फिल्मको ट्रेलर सार्वजनिक भएको हो। फिल्ममा उनीसँगै सेम ह्युघन र सलिन डियोन पनि मुख्य भूमिकामा छन्।

फिल्ममा प्रियंकाले मीराको भूमिका निर्वाह गरेकी छन्। जसको मंगेतरको मृत्यु हुन्छ। तैपनि उनले मंगेतरको मोबाइल नम्बरमा सन्देश पठाउन छोड्दिनन्।

केही गरी त्यो सिम सेम ह्युघनले पाउँछन्। फिल्ममा सेम पत्रकारको भूमिकामा छन्। मीराले मंगेतरको मोबाइलमा पठाएका  प्रेम सन्देश सेमले पाउँछन्। ती प्रेम सन्देश पढेर उनी मीराका प्रेममा पर्छन्।

त्यस्तै गायक तथा अभिनेता निक जोनास अतिथि भूमिकामा छन्।

अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा ट्रेलर सेयर गदैै फिल्म कोभिड-१९ ताका छायांकन भएको खुलाएकी छन्। उनले लेखकी छन्, ‘हामीले यो फिल्म कठिन समयमा बनाएका थियौँ। जतिखेर हामी आफ्ना प्रियजनबाट टाढा थियौँ। तर छायांकन स्थलको हरेक दिन विशेष थियो। सलिन डियोन, सेम ह्युघन, रसेल र सोफियाका साथ अद्भुत रह्यो।’

अमेरिकी रोमान्टिक कमेडी ड्रामा फिल्म जिम स्ट्राउजको निर्देशनमा बनेको हो। फिल्ममा लेखन पनि स्ट्राउजकै रहेको छ। फिल्म आगामी मे १२ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: ३ फागुन २०७९ १५:२२ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast