प्रदेश संग्रहालयलाई सम्पदाका रूपमा विकास गरौं : मुख्यमन्त्री अधिकारी

हिमाल प्रेस ५ फागुन २०७९ १६:११ | Friday, February 17, 2023
प्रदेश संग्रहालयलाई सम्पदाका रूपमा विकास गरौं : मुख्यमन्त्री अधिकारी खगराज अधिकारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश संग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन्। संग्रहालयको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

प्रदेश संग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

‘यो हाम्रो विश्वविद्यालयजस्तै हो, यहाँ रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्छ,’ मुख्यमन्त्री अधिकारीले भने।

अवलोकनकर्तालाई प्रदेश संग्रहालयमा आकर्षित गर्न प्रचार प्रसारमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे।

मुख्यमन्त्री अधिकारीले संग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको जनाए। १ करोड ८९ लाख ८६ हजार रुपैयाँ लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो।

प्रकाशित: ५ फागुन २०७९ १६:११ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast