काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ। दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने कार्यसूची छ।

                            प्रकाशित: २९ माघ  २०७९ ८:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

