काठमाडौँ- प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रस्तुत भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन्।
सांसद प्रेम सुवालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। उक्त विरोध बहुमतले अस्वीकार गरिएको थियो।
प्रकाशित: ३ फागुन २०७९ १५:२५ | Wednesday, February 15, 2023
प्रतिक्रिया





