पोखरामा सेगवेको नयाँ शोरुम

हिमाल प्रेस १५ फागुन २०७९ १३:५७ | Monday, February 27, 2023
पोखरामा सेगवेको नयाँ शोरुम

काठमाडौँ– सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

नयाँ शोरुमले स्कुटर बिक्रीका साथै सर्भिस र स्पेयर पार्ट्स पनि उपलब्ध गराउने छ।
शोरुमको सुरुवातसँगै आईहबले दिगोपन र वातावरणीय उत्तरदायित्वको लागि रुख रोप्ने अभियान घोषणा गरेको छ।

यस अभियानमा सेगवेले प्रत्येक ई–स्कुटर खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ। पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुख रोप्ने अभियान सुरु गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १५ फागुन २०७९ १३:५७ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast