 
                             
                                            काठमाडौँ– सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
नयाँ शोरुमले स्कुटर बिक्रीका साथै सर्भिस र स्पेयर पार्ट्स पनि उपलब्ध गराउने छ।
शोरुमको सुरुवातसँगै आईहबले दिगोपन र वातावरणीय उत्तरदायित्वको लागि रुख रोप्ने अभियान घोषणा गरेको छ।
यस अभियानमा सेगवेले प्रत्येक ई–स्कुटर खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ। पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुख रोप्ने अभियान सुरु गरिएको कम्पनीले जनाएको छ।
                            प्रकाशित: १५ फागुन  २०७९ १३:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 