पोखरामा आजदेखि गल्फ प्रतियोगिता

हिमाल प्रेस १० फागुन २०७९ १०:३३ | Wednesday, February 22, 2023
पोखरामा आजदेखि गल्फ प्रतियोगिता

कास्की- कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो।

माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी हभागी हुने एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए।

यस वर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर आठ लाख रुपैयाँ पुर्‍याइएको छ। प्रतियोतिाको विजेताले एक लाख ४० हजार रुपैयाँ, उपविजेताले ९० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले ६७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १० फागुन २०७९ १०:३३ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast