पाकिस्तानी फिल्म ‘जोयल्यान्ड’ भारतमा प्रदर्शन हुने

हिमाल प्रेस २९ माघ २०७९ १४:०५ | Sunday, February 12, 2023

काठमाडौँ- पाकिस्तानी फिल्म ‘जोयल्यान्ड’ भारतमा प्रदर्शनमा आउने भएको छ। जबकि फिल्ममाथि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ।

पाकिस्तानको सेन्सर बोर्डले फिल्मलाई सुरुमा अनुमति दिइसकेपछि प्रमाणपत्र खारेज गरेको थियो। आपत्तिजनक दृश्यका कारण फिल्म प्रदर्शनमा रोक लगाइएको सेन्सर बोर्डले जनाएको छ। त्यस्ता दृश्य पाकिस्तानी समाजका लागि उचित नहुने सेन्सर बोर्डको भनाइ छ।

गत नोभेम्बर १८ मा फिल्म पाकिस्तानसहित संसारको विभिन्न देशमा प्रदर्शनमा आएको थियो। पाकिस्तानका तर्फबाट फिल्म अस्कारका लागि आधिकारिक रूपमा सिफारिस पनि भएको थियो। अ

स्करमा छनोट भए पनि अन्तिम मनोनयन सूचीमा फिल्म पर्न सकेन। रंगको उत्सव होलीको अवसरमा फिल्म भारतका सिनेमा हलहरूमा लाग्नेछ।

फिल्ममा लाहौरको एक मध्यमवर्गीय परिवारको कथा छ। पितृसत्ता र रुढिवादी सोचले गाँजेको समाजमा त्यस परिवारको छोरा रंगकर्मीको प्रेममा पर्छ। जो ट्रान्सजेन्डर हुन्। उनीहरूको प्रेममा केकस्ता समस्या आइलाग्छन् भन्ने कथा नै फिल्ममा छ।

‘जोयल्यान्ड’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो। कान्समा देखाइएको यो पहिलो पाकिस्तानी फिल्म हो।

प्रकाशित: २९ माघ २०७९ १४:०५ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast