पाँचथरमा आगलागी हुँदा एक घर जलेर नष्ट

हिमाल प्रेस ९ फागुन २०७९ ८:१४ | Tuesday, February 21, 2023
पाँचथरमा आगलागी हुँदा एक घर जलेर नष्ट

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका ५ पेलिङटारमा आगलागी हुँदा स्थानीय विरमति तामाङको घर जलेर नष्ट भएको छ । सोमबार राति करिब ८ बजेतिर लागेको आगोका कारण तामाङको घरसँगै घरभित्रका नगद, लत्ताकपडा, अन्नसहित सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष भरत खपाङगी मगरले बताए। आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरी चौकी प्राङवुलबाट गएको प्रहरी टोलीले प्रयास गरे पनि आगो निभाउन सफल नभएको स्थानीयहरूले बताए।

आगोले गरेको क्षतिको विवरण संकलन भइरहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए।

आगोले घर नष्ट भएपछि तामाङ परिवारका सदस्य छिमेकीकहाँ शरण लिएर बसेका छन्। वडाध्यक्ष मगरले सामाजिक सञ्जालमार्फत अग्नीपीडित परिवारलाई राहत संकलनका लागि जुट्न आग्रह गरेका छन्।

प्रकाशित: ९ फागुन २०७९ ८:१४ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast