नेपाल ओलम्पिक कमिटीसँग दराजको सहकार्य

हिमाल प्रेस ८ फागुन २०७९ १६:०७ | Monday, February 20, 2023
नेपाल ओलम्पिक कमिटीसँग दराजको सहकार्य

काठमाडौँ- अनलाइन शपिङ प्लेटफर्म दराजले नेपाल ओलम्पिक कमिटीसँग सहकार्य गरेको छ। दराजले एसियाली खेलकुद फन रनमा सहभागी हुँदै एसियाली खेलकुद र नेपालमा ओलम्पिकको प्रवर्द्धन गर्न ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ह्याङझाउ एसियाली खेल आयोजक समिति, नेपाल राष्ट्रिय ओलम्पिक कमिटी मिलेर एसियाली खेलकुद फन रन आयोजना गरेको हो।

ओलम्पिकमा दराजले आफूलाई अभियानको लाभार्थी र उत्साही समर्थक रहेको दाबी गरेको छ। फन रनमा कुल प्रतिस्पर्धीहरूमध्ये १४ धावकहरू दराजबाट सहभागी थिए। कार्यक्रम गत शुक्रबार बिहान साढे ६ बजे पाटन दरबार स्क्वायरमा आयोजना गरिएको थियो। दौडमा पाटन हुँदै करिब साढे ३ किलोमिटर दुरी थियो।

कार्यक्रमले सहभागीहरूलाई शारीरिक गतिविधिमा संलग्न हुँदै सहरका केही प्रसिद्धस्थलहरू हेर्ने अवसर जुराएको आयोजकको भनाइ छ।

प्रकाशित: ८ फागुन २०७९ १६:०७ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast