नेपालटारमा लुम्बिनी विकास बैंकको नयाँ शाखा

हिमाल प्रेस ४ फागुन २०७९ १५:३६ | Thursday, February 16, 2023
नेपालटारमा लुम्बिनी विकास बैंकको नयाँ शाखा

काठमाडौँ– लुम्बिनी विकास बैंकले काठमाडौंको तारकेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित नेपालटारमा बिहीबार नयाँ शाखाको उद्घाटन गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र वडा नम्बर ११ का अध्यक्ष कविराज बस्नेतले शाखाको उद्घाटन गरे। उक्त शाखासँगै मुलुकभर लुम्बिनी विकास बैंकको शाखा संख्या ८९ पुगेको बैंकले जानकारी दिएको छ।

कार्यक्रममा बैंक सञ्चालकहरू प्रविणकृष्ण श्रेष्ठ, अर्जुन थापा र अञ्जुकुमारी गुप्ता, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरालगायतको उपस्थिति थियो।

प्रकाशित: ४ फागुन २०७९ १५:३६ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast