नेकपा एसले भन्यो : ओलीले नेम्बाङलाई भोट मागेर पठाएको पत्रको कुनै अर्थ छैन

हिमाल प्रेस १३ फागुन २०७९ १७:३७ | Saturday, February 25, 2023
नेकपा एसले भन्यो : ओलीले नेम्बाङलाई भोट मागेर पठाएको पत्रको कुनै अर्थ छैन फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई भोट माग्दै माधवकुमार लेखेको कुनै अर्थ नभएको बताएको छ। नेम्बाङलाई भोट माग्दै ओलीले आज शनिबार पत्र लेखेका थिए।

‘हाम्रोतर्फबाट साझा उम्मेदवार रामचन्द्र पौडेल हुनुहुन्छ। केपी ओलीले लेखेको पत्रको कुनै अर्थ छैन’ नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले हिमालप्रेससँग भने।

ओलीले संविधानको मर्मअनुसार नेम्बाङ राष्ट्रपति पदमा उपयुक्त उम्मेदवार भएको भन्दै मत मागेका छन्। ‘…नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा। सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले लेखेको पत्रमा भनिएको छ।

माधव नेपाल आफैँ आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलको प्रस्तावक हुन्। पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तर्फबाट साझा उम्मेदवार बनेका छन्। एमालेले कांग्रेसबाहेकका सबै दललाई पत्र पठाएर भोट माग्ने निर्णय नै गरेको थियो। एमालेले कांग्रेसको आफ्नै उम्मेदवार पौडेल भएकोले कांग्रेससँग भने भोट नमाग्ने भएको हो।

यस्तो छ ओलीले लेखेको पत्र

राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न नेपाललाई ओलीको पत्र

प्रकाशित: १३ फागुन २०७९ १७:३७ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast