धरानमा ग्यास सिलिन्डर विस्फोट, आठजना घाइते

हिमाल प्रेस ८ फागुन २०७९ १९:२२ | Monday, February 20, 2023
धरानमा ग्यास सिलिन्डर विस्फोट, आठजना घाइते सांकेतिक तस्बिर

इटहरी-  धरानमा ग्यास सिलिन्डर विस्फोट भएको छ। धरान १७ स्थित आदर्श चोकमा सोमबार ग्यास सिलिन्डर लिक भएको आशंका भएपछि सिलिन्डर मर्मत गर्ने मानिस बोलाएर बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सिलिन्डरमा घरधनी २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, भाडामा बस्दै आएका इटहरी उपमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर छन्।

त्यस्तै अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् । ग्यास घरभरि फैलिएका कारणले घाइतेको संख्या धेरे भएको प्रहरीले जनाएको छ। उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फागुन २०७९ १९:२२ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast