काठमाडौँ- ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार राति १० बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका जिल्लामा महसुस भएको थियो।
यसअघि माघ १८ गते पनि ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित: १ फागुन २०७९ ७:२६ | Monday, February 13, 2023
प्रतिक्रिया





