जर्मनीले कोभ्याक्समार्फत् दियो १५ लाख कोभिड खोप

हिमाल प्रेस ४ फागुन २०७९ १२:३५ | Thursday, February 16, 2023
जर्मनीले कोभ्याक्समार्फत् दियो १५ लाख कोभिड खोप

काठमाडौँ- जर्मनीले कोभ्याक्समार्फत् नेपाललाई फाइजर बायो एन टेकको बाइ भेलेंट कोभिड-१९ खोपको १५ लाखभन्दा बढी डोज हस्तान्तरण गरेको छ। नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।

नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विश र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवको उपस्थितिमा खोप हस्तान्तरण गरिएको थियो।

यससँगै नेपाललाई जर्मनीले सहयोग गरेको खोपको संख्या ५५ लाख डोज पुगेको छ।

राजदूत डा. प्रिन्जले महामारी विरुद्धको लडाइँमा खोपको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले भने, ‘कोभिड महामारीको सुरुवातदेखि नै जर्मनीले नेपाललाई सहयोग गर्दै आएको छ। आज जर्मनीमा आविष्कार गरिएका थप खोप हस्तान्तरण गर्न पाउँदा म अत्यन्त प्रसन्न छु।’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सरकार बुस्टर खोपलाई निरन्तरता दिन र सबैलाई सुरक्षित बनाउने तत्पर रहेको बताए।

प्रकाशित: ४ फागुन २०७९ १२:३५ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast