काठमाडौँ- लुटपाट गरेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेको छ।
काठमाडौँको धोबिखोला करिडोरअन्तर्गत रुद्रनगर शान्तिमार्गमा पर्सा घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या आरोपमा मोरङ सुन्दरहरैँचा घर भएका रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।
माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा खड्को शव फेला परेको थियो। आरोपित थापाले माघ २३ गते लुटपाट गरेर खड्काको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार थापाले बत्तीसपुतलीबाट ट्याक्सीमा राखेर एकान्त स्थानमा लगेर कुटपिट गर्दै लुटपाट गरेका थिए।
‘थापाले खड्कालाई कुटपिट गरी सामान लिएर सख्त घाइते बनाएका थिए। सोही राति १० बजे पुनः थापा साइकल चढेर घटना भएको स्थानमा पुगेर दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सीसी क्यामेरा फुटेजमा देखिन्छ,’ एसएसपी कार्कीले भने।
पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


