गुल्मीमा राँगाको तथ्यांक संकलन

हिमाल प्रेस १० फागुन २०७९ ८:३१ | Wednesday, February 22, 2023
गुल्मीमा राँगाको तथ्यांक संकलन

गुल्मी- गुल्मीमा राँगाको तथ्यांक संकलन गरिने भएको छ। भैँसीपालनलाई थप व्यवस्थित गर्न सत्यवती गाउँपालिकाले राँगाको तथ्यांक संकलन गर्न लागेको हो। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ।

राँगा पाल्ने तीन किसानलाई तीन हजार रुपैयाँसहित सम्मानसमेत गरिएको खनालले बताए। ‘राँगाको यथेष्ट तथ्यांक संकलन गरी योजना बनाउँदै छौँ’, उनले भने। गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्याङ्क सङ्कलन गर्न लागिएको बताए। ‘राँगाको नश्ल सुधारको योजना छ’, उनले बताए।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दैआएको छ ।

गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ । राँगाको तथ्यांक संकलनगरी बीमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ । पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्यांक अभिलेख गर्ने गाउँपालिकाको तयारी छ।

प्रकाशित: १० फागुन २०७९ ८:३१ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast