गगन थापाको दाबी : फागुन १० भित्रै सत्ता गठबन्धन टुटेको समाचार सुन्न पाइन्छ

हिमाल प्रेस १ फागुन २०७९ १७:१४ | Monday, February 13, 2023
गगन थापाको दाबी : फागुन १० भित्रै सत्ता गठबन्धन टुटेको समाचार सुन्न पाइन्छ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धन फागुन १० गतेभित्रै टुट्ने दाबी गरेका छन्। थापाले पुस १० गते कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेले तयार पारेको सत्ता गठबन्धन फागुन १० गतेभित्रै टुट्ने दाबी गरेका हुन्।

‘पुस १० गते बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउनुहुनेछ। नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्कियो,’ रुपन्देहीको कोटिहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनचाहनाअनुसार कांग्रेसकै नेतृत्वको गठबन्धन बन्नेछ।’

थापाले कांग्रेस नेतृत्वको गठबन्धन बन्ने र राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले नै प्रस्ताव गरेको व्यक्ति निर्वाचित हुने दाबी पनि गरे।

‘राष्ट्रपतिमा पनि हामीले नै प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुनेछ’ उनले भने।

प्रकाशित: १ फागुन २०७९ १७:१४ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast