क्रसरको ज्यादती रोक्न खोज्दा हत्या गरेको अभियोगमा तीन जना दोषी ठहर

हिमाल प्रेस ३ फागुन २०७९ १९:०३ | Wednesday, February 15, 2023
क्रसरको ज्यादती रोक्न खोज्दा हत्या गरेको अभियोगमा तीन जना दोषी ठहर

जनकपुरधाम- क्रसर व्यवसायीले गर्दै आएको अवैध उत्खनन् रोक्न खोज्दा एक युवकको हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले ३ जनालाई दोषी ठहर गरेको छ। महतोलाई मनसाय पूर्वक हत्या गरिएको भन्दै अदालतले विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलिपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा दोषी ठहर गरेको छ। दिलिपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई भने सफाइ दिइएको श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

उनीहरूविरुद्धको सजाय भने अदालतले तोकेको छैन। दोषी ठहर गरिएकाहरुलाई कति सजाय दिइने विषयमा न्यायधिश गुरुङले आगामी फागुन १२ गते निर्धारण गर्नेछन्। मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलिपको २०७६ पुस २५ गते हत्या गरिएको थियो।

प्रकाशित: ३ फागुन २०७९ १९:०३ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast