कुमारी बैंकले विद्युतीय सवारी किन्न कर्जा दिने

हिमाल प्रेस १६ फागुन २०७९ १६:४२ | Tuesday, February 28, 2023
कुमारी बैंकले विद्युतीय सवारी किन्न कर्जा दिने

काठमाडौँ- कुमारी बैंक लिमिटेडले विद्युतीय सवारी खरिद गर्न कर्जा दिने भएको छ। त्यसका लागि बैंकले सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको छ। सम्झौता अनुसार टाटा मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको हो।

सिप्रदी ट्रेडिङ नेपालका लागि टाटाको आधिकारिक विक्रेता हो। बैंकका सबै शाखाबाट पाइने उक्त कर्जाको अवधि ८ वर्षको हुनेछ। बैंकले हाल ३०४ शाखा, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ तथा ४९ एक्सटेन्सन काउन्टरबाट कारोबार गर्दै आएको छ।

प्रकाशित: १६ फागुन २०७९ १६:४२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast