कांग्रेस नेता डा. कोइरालाको प्रश्न, देश कता जाँदैछ?

हिमाल प्रेस १ फागुन २०७९ ८:०६ | Monday, February 13, 2023
कांग्रेस नेता डा. कोइरालाको प्रश्न, देश कता जाँदैछ?

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयमा आपत्ति जनाएका छन्। उनले संविधानले चिन्दैनचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको भन्दै सरकारको आलोचना गरेका हुन्।

डा. कोइरालाले सोमबार बिहान ट्वटिरमा लेखेका छन्, ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौँ भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ।’

यस्तै उनले यस्तो निर्णय गरेर सरकारले के सन्देश दिन खोजेको भन्ने प्रश्न पनि उठाएका छन्। कोइरालाले भनेका छन्, ‘आमनेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले फागुन १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा ‘जनयुद्ध’ले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको थियो। उक्त निर्णयको विभिन्न दलका नेता, मानवअधिकारकर्मी, नागरिकसमाजका अगुवाहरूले विरोध गरेका छन्।

बिदा दिने निर्णयको विरोधमा सशस्त्र द्वन्द्वपीडितले सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि घेराउ गर्ने भएका छन्।

प्रकाशित: १ फागुन २०७९ ८:०६ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast