कर्णाली उत्सव : ‘कर्णालीका समस्या समाधानका लागि बहस जरुरी’

हिमाल प्रेस ५ फागुन २०७९ १९:१५ | Friday, February 17, 2023
कर्णाली उत्सव : ‘कर्णालीका समस्या समाधानका लागि बहस जरुरी’ फाइल तस्बिर

सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका समस्या सामाधानका लागि निरन्तर बहस जरुरी रहेको बताएका छन्। शुक्रबारदेखि सुर्खेतमा सुरु भएको कर्णाली उत्सवमा शर्माले कर्णालीको विकासका लागि निरन्तर बहस गर्न जरुरी रहेको बताएका हुन्। ‘कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी छ’ उनले भने, ‘कार्यान्वयन गर्न जनस्तरबाट सहयोग पुर्‍याउने कुरा महत्वपूर्ण हो।’

समृद्ध कर्णाली निमार्णका लागि निरन्तर, शिक्षा, स्वास्थ्य, रोजगारका लागि पूर्वाधार आवश्यक रहेको उनको भनाइ थियो। शर्माले कर्णाली बहसले समृद्ध कर्णाली निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा रहेको बताए। ‘सबैले चाहेको समाजवाद भनेकै सुख र खुसी कर्णाली हो’ उनले भने।

प्रकाशित: ५ फागुन २०७९ १९:१५ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast