एनसेलले दियो पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति

हिमाल प्रेस ८ फागुन २०७९ १७:३८ | Monday, February 20, 2023
एनसेलले दियो पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिएको छ। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एनसेलले पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान, २०७९’ दिएको हो।

एनसेलले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स, कम्प्युटर र मेकानिकल इञ्जिनीयरिङ संकायमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइएको जानकारी दिएको छ। १८ वटा शीर्षकअन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा १८ जना विद्यार्थीलाई एनसेलले छात्रवृत्ति दिइएको कम्पनीको भनाइ छ।

साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ। कार्यक्रममा आजियटा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले शिक्षा क्षेत्रको विकासका लागि एनसेलले सक्दो सहयोग गर्ने बताए। उनले भने, ‘मुलुकको विकासका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ, त्यसकारण हामी शिक्षाको विकासमा योगदान दिन चाहन्छौँ।’

२०७१ सालबाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै आएको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।

प्रकाशित: ८ फागुन २०७९ १७:३८ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast