एनआईसी एशिया लघुवित्तको अध्यक्ष र सञ्चालक नियुक्त

हिमाल प्रेस ८ फागुन २०७९ १९:२४ | Monday, February 20, 2023
एनआईसी एशिया लघुवित्तको अध्यक्ष र सञ्चालक नियुक्त

काठमाडौँ- एनआईसी एशिया लघुवित्त तथा वित्तीय संस्थाको अध्यक्ष र सञ्चालक नियुक्त गरिएका छन्। संस्थाको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारीलाई नियुक्त गरिएको हो। लघुवित्तको संस्थापक एनआईसी एशिया बैंक सञ्चालक समितिले अध्यक्षमा राठी र संस्थापक समूहको प्रतिनिधि सञ्चालकमा भारीको नाम सिफारिस गरेपछि सोमबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले दुवै जनालाई अध्यक्ष र सञ्चालकमा नियुक्त गरेको हो।

यसअघि अध्यक्षमा कपिल ढकाल र सञ्चालकमा प्रकाश बराल रहेका थिए। नवनियुक्त अध्यक्ष राठीले सोमबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री डा. गुणाकर भट्टसमक्ष पथ तथा गोपनीयताको शपथ लिए। त्यसपछि उनले पद बहाल गरेका संस्थाले जानकारी दिएको छ।

त्यस्तै सञ्चालक भारीले संस्थाका अध्यक्ष राठीसमक्ष पथ तथा गोपनीयताको शपथ ग्रहण गरी पद बहाल गरेका छन्। यसअघि राठी एनआईसी एशिया बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र भारी प्रमुख कानून अधिकृतमा कार्यरत थिए।

प्रकाशित: ८ फागुन २०७९ १९:२४ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast