एनआईसी एशिया बैंकका ग्राहकलाई केड कम्पनीका सामान खरिदमा छुट

हिमाल प्रेस ३ फागुन २०७९ १४:५६ | Wednesday, February 15, 2023
एनआईसी एशिया बैंकका ग्राहकलाई केड कम्पनीका सामान खरिदमा छुट

काठमाडौँ– एनआईसी एशिया बैंकका ग्राहकले केड कम्पनीका सामान खरिदमा छूट पाउने भएका छन्। ग्राहकलाई छुटउपलब्ध गराउने उद्देश्यले बैंक र कम्पनीबीच सम्झौता गरिएको छ। ग्राहकले छुट लिनका लागि डिजिटल भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ । केड कम्पनीबाट सामान किनमेल गरी डिजिटल भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीका प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकमा खाता खोलेर मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले २० प्रतिशत छुट पाउनेछन्। सम्झौता अनुसार एनआईसी एशिया बैंकका कर्मचारीले २५ प्रतिशत छुट पाउनेछन्।

प्रकाशित: ३ फागुन २०७९ १४:५६ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast