आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि राष्ट्रपति दाङ जाँदै

हिमाल प्रेस ३ फागुन २०७९ ८:४३ | Wednesday, February 15, 2023
आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि राष्ट्रपति दाङ जाँदै

दाङ- राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ आउने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी यहाँ आउन लागेकी हुन्।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले आज राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए।

२४ करोड ७२ लाख ३८ हजार चार सय ६६ रुपैयाँ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो। निर्माण कम्पनीले विसं २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो।

प्रकाशित: ३ फागुन २०७९ ८:४३ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast