आजदेखि हलमा ‘मनसँग मन’ र ‘आँधी तुफान २’

हिमाल प्रेस २७ माघ २०७९ १०:४१ | Friday, February 10, 2023
आजदेखि हलमा ‘मनसँग मन’ र ‘आँधी तुफान २’

काठमाडौँ- आज (शुक्रबार) हलमा दुइटा फिल्म प्रदर्शनमा आएका छन्, ‘मनसँग मन’ र ‘आँधी तुफान २’।

वर्षा शिवाकोटी र पुष्प खड्का मुख्य भूमिकामा रहेको फिल्म ‘मनसँग मन’मा बुद्धि तामाङ, रविन्द्र झा, महेन्द्र बागदास, चाँदनी प्रधानलगायत कलाकारको अभिनय छ।

फिल्ममा पल शाह र पूजा शर्मा अतिथि भूमिकामा छन्। उनीहरूले एक गीतमा नृत्य गरेका छन्।

त्यस्तै मौनता श्रेष्ठको लेखन रहेको फिल्म ‘आँधी तुफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, रूपा केसी, ऋचा थापा, सञ्जय खतिवडा,सपना श्रेष्ठ, राजु घिमिरेलगायत कलाकारको अभिनय छ।

मदन घिमिरेको निर्देशन रहेको फिल्मले महिला सशक्तीकरणको विषय उठान गरेको जनाइएको छ।

प्रकाशित: २७ माघ २०७९ १०:४१ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast